नि:शुल्क विद्युतीय बस चलाउँदै पोखरा महानगर
पाेखरा | चैत ३०, २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।
पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्काे शुल्क लिने गरेको गुनासो छ ।
अन्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा चलाउन लागिएको हो ।
महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले सित्तैमा पाउने उल्लेख गरे ।
असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले सञ्चालन खर्च बेहोर्ने तयारी छ । एक विद्युतीय बसको मूल्य एक करोड ३० लाख रहेको महानगरले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

